Sunday, September 6, 2015

तिजको लहर आयो बरी लै.....

काठमान्डौ । तिजको लहर फेरि आएको छ ।  तीजमा दिदीबहिनीहरु आफ्ना मनमा भएका  दुःख–सुखका कुरा एक–आपसमा बाँडेर  मानसिक रुपमा हलुका हुने गर्दछन । यसरी मानसिक रुपमा हलुका भइसकेपछि फेरि संघर्ष गर्ने उर्जा प्राप्त हुन्छ । म पनि ‘तीजमा नाँच्छु, हाँस्छु, रमाएरै तीज मनाउँछु ।’ यो बेलामा दिदीबहिनीहरुको कार्यक्रममा सहभागिताका लागि बढी निमन्त्रणा आउने गर्छ ।

गाउँ स्तरका नेपाली दिदीबहिनीहरुमा अझै चेतना आइसकेको छैन । तिजको निमन्त्रणा आउदा म आफु कहिल्यै नगएको ठाउँलार्इ पहिलो रोजाइमा राख्छु । किनकि नृत्य क्षेत्र भनेको मनोरञ्जन गर्नेमात्र क्षेत्रमात्र होइन, नृत्यबाट चेतना पनि बाँड्न सकिन्छ । गत गएको हप्ता मुस्ताङ्ग जिल्लामा भएको कार्यक्रम  गएको थिए ।

लालित ब्युटिशियन सहकारी सस्थाले आयोजना गरेको माइती मेला तथा सम्मान कार्यक्रमको भोलि पल्ट म पोखरा हुदै मुस्तांग पुगे ।  कार्यक्रमको शिलसिलामा करिब २०-२२ वोटा देश गए होला  तर आफ्नै देशको हिमाली जिल्ला मुस्तांग गए जस्तो गौरव र खुसिको महसुस कहिले भएको थिएन.. साच्चै  एकदम खुसि र गौरवको महसुस भएको थियो । यार्तुङ्ग मेला अवलोकन तथा मुक्तिनाथको दर्शनले मनलाई खुसि बनायो । 

धन्यबाद जनप्रिय युवा क्लब जसले मलाई हिमाली जिल्लामा पनि कार्यक्रम देखाउने अवसर जुटाइदियो । रक्षा बन्धनमा  पहाडी–हिमाली दाजु भाइहरुको साथमा रहेर सम्पूर्ण नेपाली दाजुभाइहरुलाई शुभकामना दिन पाएँ । मुस्ताङको मिठो मुस्कान पछि पालुङ्ग जेसिस क्षेत्र ख सम्मेलनको न्यानो आतिथ्य ग्रहणको लागि निमन्त्रन आयो ।

यस बीचमा काठमान्डौ पोस्टले Inspiring and interesting भनेर मेरो पनि स्टोरी लेख्यो । लालीगुराँस राष्ट्रिय कलेजका चार हजार विद्यार्थीहरुले "नाइँ नभन्नु ल" भने पछी त्यहाँ पनि जानै पर्यो । सिर्जना दिदिको "महिलाका निम्ति महिला मंच" को कार्यक्रममा  तथा ,पालुङ्ग जेसिस क्षेत्र ख सम्मेलनमा सम्मानित भए .....  आफ्नो प्रस्तुति त छदै थियो...धन्यवाद छ सब्बै लाइ ...
डाफे झैँ नाच्ने.... हिमाल झैँ हास्ने ......


अस्ट्रेलियाका  कार्यक्रम तथा फोटोहरु

२०७० सालको तिज 

नेपाली महिला समूह बेल्जियमको कार्यक्रम तथा फोटोहरु
तिजको लहर आयो बारी लै.....



2 comments:

Anonymous said...
This comment has been removed by a blog administrator.
Anonymous said...
This comment has been removed by a blog administrator.