Sunday, April 12, 2015

म रोहेको त्यो........दिन .

काठमान्डौ  म ८ वर्षको उमेरमा दुर्घटनामा परि एउटा खुट्टा गुमाउन पुगे र पनि म हार खाईन  मेरो मेहनत र दृढ इच्छाले गर्दा मैले नृत्यमार्फत देश र विदेशमा मनोरञ्जन, चेतना र शन्देश प्रवाह गर्दै आएकी छु । यो समाजले  मलाई शारीरिक रुपमा आपङ्ग भएकै कारण बारम्बार मानसिक पिडा दिदै आएको थियो  । आज (०७२/३/२१) आएर म नेपाल सरकारबाट युवा तथा प्रतिभा पुरस्कारबाट पनि सम्मानित भए । 

तर आजकै दिनमा मलाई नियोजित तरिकाले मेरो चरित्रमाथी दाग लाग्ने गरी पुरस्कारबाट बञ्चित गराउने कोशिश गरियो 

सुन्छु मैले पाएको पुरस्कार सरकारले खोस्दैछ रे..... मलाई केहि गुनासो हुने छैन यदि म त्यो पुरस्कारको लायक छैन भने ...

. सरकार.......... म तिमिले दिएको त्यो पुरस्कार फिर्ता गर्नेछु । तर सरकार म निर्दोष प्रमाणित भए भने.....................? 

यो अपमान र यो पिडाको शोधभर्ना कसले र कसरि  गर्छ ? 

बच्चैमा मेरो खुट्टा भत्कियो र पनि एउटा खुट्टाले पाइला चाले तर आज त मेरो मनै भत्केको छ......  ....?  भन्छन् सत्यको जित हुन्छ रे म पनि त्यो दिनको पर्खाईमा हुनेछु चाहे त्यो बेलासम्म मेरो प्राणपखेरु नै किन नजाओस् ?

No comments: