Saturday, February 13, 2016

एउटा प्रयास: पुनर्स्थापनको लागि ...

 रोमा फाउन्डेसन नेपालको पुनर्स्थापना कार्यक्रम अन्तर्गत महभूकम्प तथा जीवनमा आइपर्ने अनेक बिपद्दले  गर्दा आर्थिक ,सामाजिक तथा संस्कृतिक रुपमा "अपाङ्ग" जीवन जिउन बाध्य नेपाली नागरिकहरुलाई राहत स्वरुप आत्मबल बढाउने, दया होइन अवसर दिएर, पारिवारिक बातावरणमा पुनर्स्थापित गराई उपयुक्त रोजगार प्रदान गरि उनीहरुको बाकि जीवन सरली करण हुने कार्य संचालन हुनेछ । "अपाङ्ग" नेपाली नागरिकहरुलाई  पुनर्स्थापन क्लिनिक मार्फत पुनर्स्थापित गराइने  छ ।

बिशेषगरि अति अशक्त तथा पुर्ण अशक्त अपाङ्गता भएका ब्यक्तिहरु,जेस्ठ नागरिकहरु  जो चौविसै घण्टा दिसा पिसावको आहालमा जीवन गुजार्न बिबस छन  उनिहरुलाई निरन्तर एक जना सहयोगी आवश्यक हुञ्छ । यसका लागि पुनर्स्थापना क्लिनिकबाट सहयोगीहरु खटिने छन 




"अपाङ्ग" भैकन पनि म अहिले एउटा कलाकारको रुपमा पुनर्स्थापित भएकी छु । अपांगता चाहेर हुने होइन । तपाई तथा तपाईका आफन्त र साथिभाइ जुनसुकै बेला पनि दुर्घटना तथा अन्य कारण अपाङ्ग हुन सक्छन ।  भविष्यमा यो कार्यक्रम तपाईका लागि पनि सहयोगी बन्न सक्छ । अपांगता हुनबाट सचेत हुदै अपाङ्ग जीवन जिउन बाध्य नेपाली नागरिकहरुलाई सहयोग गर्न इच्छुक सबै व्यक्ति र संघसंस्थाहरूलाई हार्दिक अनुरोध गर्दछु 



सम्पूर्ण गतिबिधि  अफिसियल फेसबुक पेज  तथा  न्यूज अभियान डट कम मार्फत सार्वजनिक हुने छ   
सहयोग तथा सहकार्यका लागि 
रोमा फाउन्डेसन नेपाल
लाजिम्पाट, काठमान्डौ 
सम्पर्क इमेल: romaneupane@gmail.com
सम्पर्क फोन 9851001169 SMS only 
पुनर्स्थापना कार्यमा तपाइले गर्न सक्ने अन्य सहयोगहरु 
पांच जना व्यक्तिलाइ रोजगारी दिन सक्ने अवस्थामा हुनुहुन्छ भने एक जना अपांगता भएका व्यक्तिलाई योग्य बनाइ रोजगारी दिनुहोस्।

अपाङ्गता भएका बालबलिका तथा युवालाई शिक्षा,सहायक सामाग्री  तथा तालिमको लागि आर्थिक सहयोग, संपर्क, सिफारिस जस्ता कार्यमा सहयोग पुर्‍याउनुहोस्।

अपाङ्गता भएका ब्यक्तिको आत्मबलबढाउने साथै दया होइन, अवसर दिनुपर्छ भन्ने भावनात्मक परिवर्तनको लागि उपयुक्त ठाउँमा भन्ने,लेख्ने कार्य गर्नुहोस्।

अपाङ्गता भएका ब्यक्तिले कुनै ठाउँमा पुग्न कठिनाई महसुस गर्छन् भने सघाउनु होस् ।

अपाङ्गता माथि खिसिट्य्रि,होच्याउने र हास्य गर्ने प्रव्रित्ती गर्दै नगरनुहोस्।

अपाङ्गता भएकाहरुलाई सभ्य भाषा प्रयोग गर्नुहोस्।

दृष्‍टिबिहिनहरु सामान्य रुपमा छापिएका कुरा पढ्न नसक्ने हुँदा पढेर सुनाउने तथा आवश्यक परे लेखेर सहयोग गर्नुहोस्

तपाइको २४ घण्टा मध्ये आधी घण्टा.......एक हप्ता मध्ये  आधि दिन अनि एक महिनामा एक दिन मात्र पनि पुनर्स्थापना क्लिनिकको लागि छुट्याउनु भयो भने तपाइको जीवन सार्थक हुने छ । अहिले तपाइँ पूर्ण रुपमा  सबल र सपाङ्ग नै हुनु हुञ्छ भने पनि एक दिन त तपाई बुढो भएर अपांगता भै तपाइलाइ पनि सहयोग चाहिने हुन्छ  होइन र ?।

No comments: