Wednesday, February 10, 2016

सुसिल'दा लाइ श्रद्धान्जली स्वरूप भिडियो सियर गरे..मान्छे नमर्ने शहर हुदैन....

काठमान्डौ । पुर्व प्रधानमन्त्री र संविधानका निर्माण गर्ने अग्रज नेता सुशील कोइरालालाइ श्रद्धान्जली ब्यक्त गर्न म उहाँको निवास, पार्टी कार्यालय,रंगशाला वा पशुपति कतै जान सकिन तर श्रद्धान्जली स्वरूप यी  भिडियो हरु सियर गरे ।

एउटा भिडियो कलाकारहरुको तर्फबाट गत बैसाख १२ गते मिर्त्यु भएका व्यक्तिहरुको सम्झानामा १३ औ दिनमा गरिएको श्रद्धान्जली तथा मैनबत्ती प्रज्ज्वलनको हो ।

एउटा भिडियो बहाराइनमा भएको मेरो प्रस्तुतिको भिडियो हो जुन प्रस्तुति दिइरहेका म  सच्चिक्कै मेरो जीवनकै दु:खको क्षणमा थिए ।

एउटा भिडियो २०७३ असोज ३ गते राष्ट्रिय नाचघरमा बेलुकी चार बजे भएको प्रस्तुति हो । ठिक तेही दिन तेही समयमा उनै सुसिल'दाको नेतृत्वमा नेपालमा नयाँ संबिधान घोषणा भएको थियो ।    

सरल नेताको शालीन महाप्रस्थान वास्तवमै उत्कृष्ट लाग्यो मलाइ त  । म पनि यस्तै खालको मिर्त्यु चाहान्छु । अर्थात मेरो प्राण जानु अघि मलाई कुनै शारीरिक दुख कष्ट नहोस उपचारकाका नाममा मेरा आफन्तको केहि खर्च नहोस ।
मैले स्वदेश वा बिदेशका प्राय सबै शहरहरु  र अस्पतालहरु देखिसकेको छु । मेरो अशक्त अवस्थामा मैले अस्पताल जान नपरोस ।  स्वर्गबास हुनु अघि  कुनै दुख कष्ट नपाइ चाडै स्वर्गको वास पाउनु भनेको थोरै भाग्यमानिहरुको लागि मात्र  हो । मलाई तेही भाग्यमानिहरु सुचीमा पर्ने इच्छा छ ।
         




No comments: