Monday, February 8, 2016

गुमेको खुट्टा कसरि पलाउछ र ? मेरो दर्शकको माया यो बालकलाई....

काठमान्डौ । सडक दुर्घटनाका कारण मेरो एउटा खुट्टा गुमेको हो । मेरो बायाँ खुट्टा कम्मर देखि नै छैन ।
रत्ननगर महोत्सवमा मेरो प्रस्तुति हेरी मलाई माया गर्ने एक दर्शकले मेरो अर्को खुट्टा पनि भएको तस्विर बनाइ मलाइ पठाउनु भयो । दर्शकको यो माया एक खुट्टा र एक हात नभएको बालकलाइ समर्पण गर्दैछु...
२०६२ सालमै मलाई कृतिम खुट्टा हाल्न सहयोग गरेका थिए । कम्मर देखि नै नभएकोले अफ्ट्यारो हुने रछ र केहि वर्ष पछी मैले सहयोगमा पाएको कृतिम खुट्टा प्रयोग गर्न छोडे । काटिएको केहि भाग रहेमा कृतिम खुट्टा हालेर सजिलै हिड्न सकिन्छ । 

नेपालमा हरेक दिन कुनै न कुनै दुर्घटनाका समाचार आइरहन्छन् । दुर्घटना पछी अस्पताल आएकाहरु मध्ये कतिका हात खुट्टा नै काट्नु पर्ने हुन्छ । अनि कतिलाई सहायक सामग्रीको आवश्यकता पर्छ । अंग काटिए पछी कृतिम हात खुट्टा जडान गर्न कति खर्च लाग्छ, तथा त्यस्ता सहायक सामग्रीको कति मूल्य पर्छ ? अनि काटिएको अंग सहित बाँकी जीवन जिउन कति कठिन हुन्छ भन्ने समाचार खासै आउदैन । 


कृतिम अंग बनाउने सामाग्रीहरु नेपालमा उत्पादन नहुने र विदेशबाट मगाउनु पर्ने र अत्यन्त महँगो हुने गर्दछन ।


रत्ननगर महोत्सवमा मेरो प्रस्तुति हेरी मलाई माया गर्ने एक दर्शकले मेरो अर्को खुट्टा पनि भएको तस्विर बनाइ मलाइ पठाउनु भयो । दर्शकको यो माया एक खुट्टा र एक हात नभएको बालकलाइ समर्पण गर्दैछु... उनलाई म Roma Foundation नेपाल मार्फत कृतिम खुट्टा हाल्नको लागि सहयोग गर्नेछु । दैनिक १३-१४ घण्टा लोडसेडिंग हुने देशमा पनि  करेन्ट लागेर सागर खड्काको गत भाद्र २० गते एक खुट्टा र एक हात गुमेको छ .....गुमेको अंग त अब पलाउदैन । उनलाई सामाजिक पुनर्स्थापन गर्ने दायित्व म लगायत हामि सबैको हो
सागरको कृतिम खुट्टा जडान गर्न नाप जांच हुदै 
 ....................  

No comments: